जसपा र माओवादीकाे पहलमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेकाहरु रिहा

जनता समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला तहका नेताहरुकाे पहलमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेका तीन जना व्यक्ति बुधबार रिहा भएका छन् ।

प्रहरीले गाेरु काटेकाे अभियाेगमा गत आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरेकाे थियाे ।

जसपा खाेटाङका विद्यार्थी नेता रविन खम्बूले जसपा र माओवादी केन्द्रकाे पहलमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेकाहरु रिहा भएकाे बताएका छन् ।

प्रहरी हिरासतबाट मुक्त भएपछि उनीहरुलाई अबिरकाे टीका लगाउनुका साथै खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. एकल नस्लबादी शासन सत्ताको यो हर्कत अत्यन्तै निन्दनीय छ यसले एकता समानता होइन साम्प्रदायिक भडकाउने गरिरहेको छ कुनै दिन नेपालमा जातीय युद्धको कारणनै यहि गाई गोरु हुने छन
    त्यो बेला कसैको संस्कार संस्कृतिलाई दबाएर जबर्जस्ती आफ्नो धर्म संस्कार बचाउनेगरुको सिरिखुरी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img