प्र्याङ्क भन्दै शारीरिक मानसिक सास्ती दिने व्यक्ति पक्राउ

प्रहरीले आफूलाई ‘प्र्याङ्कस्टार’ बताउने २७ वर्षीय आकाश सेढाईलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही अघि बढाएको छ ।

सेढाईले प्र्याङ्कको नाममा सार्वजनिक स्थलमा विभिन्न व्यक्तिहरुलाई शारीरिक तथा मानसिक सास्ती दिएको प्रहरीले जनाएको छ ।

सेढाईले गोप्य रुपमा खिचिएको भिडियो ‘नेपाली प्र्याङ्कस्टार्स’ नामक युट्युब च्यानलमा राख्ने गरेको प्रहरीले जनाएको छ ।

झापाको विर्तामोड नगरपालिका वडा नं ४ आदर्शटोल स्थायी घर भएका सेढाई भक्तपुरको कौशलटारमा बस्दै आएका छन् ।

उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई पक्राउ गरी सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ ।

गृह मन्त्रालयले गत माघ १३ गते सार्वजनिक स्थलमा प्र्याङ्कको नाममा मानिसहरुलाई शारीरिक तथा मानसिक सास्ती दिइरहेको सूचना आएको भन्दै कानुनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

सेढाईले गृह मन्त्रालयको सूचना आफ्नाे फेसबुकमा सेयर गर्दै ‘अब प्र्याङ्क नि सोधेर गर्नुपर्ने भयो’ भनेर कमेन्ट गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्