रुसले युक्रेनमाथि हमला गरेकाे विराेधमा रुसमै प्रदर्शन, १७ सय जना पक्राउ

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसका विभिन्न सहरमा युद्धको विरोधमा प्रदर्शन भएका छन् । उक्त प्रदर्शनमा हालसम्म १ हजार ७ सय जना पक्राउ परेका छन् ।

विपक्षी र्‍यालीहरुमा गिरफ्तारी ट्र्याक गर्ने ओभीडी इन्फो समूहले मस्कोमा ९ सय जना र सेन्ट पिटर्सबर्गमा ४ सय जनालाई पक्राउ गरिएको बताएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरहरुमा हजारौं मानिसहरु ‘युद्धलाई नाई भन्नुहोस्’ भन्ने प्लेकार्ड बोकेर सडकमा निस्किएकाे देखिन्छ ।

केही प्लेकार्डमा सरकारको निर्णयको आलोचना पनि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनमाथि आक्रमण गर्ने निर्णयको विरोध गर्न मस्कोको पुस्किन स्क्वायरमा हजारौं मानिस मानिस जम्मा भएका थिए ।

त्यस्तै सेन्ट पीटर्सबर्गमा पनि करिव १ हजार मानिस जम्मा भएका थिए ।

रुसी संसदको तल्लो सदनको भवनको अगाडि गेटमा ‘से नो टु वार’ लेखिएको स्प्रे पेन्ट पनि देखियो ।

एक पोस्टरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिटलरको रुपमा Anschluss शब्दको साथ चित्रण गरेकाे छ । तस्बिरः अलजजिरा

रुस बाहेक विश्वका अन्य धेरै सहरमा रुसको आक्रमणको विरोधमा प्रदर्शन भएका छन् । अमेरिकाको न्युयोर्क सहरमा सयौं प्रदर्शनकारीले युक्रेनको झण्डा बेह्रेर संयुक्त राष्ट्र संघको रुसी मिसनतर्फ मार्च गरेका छन् । बीबीसी हिन्दी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्