२४ घण्टामा ११९ जनामा सङ्क्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अठ हजार ३४१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा चार सय जना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमण मन्त्रालयका अनुसार २४ घण्टा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्