Monday, November 28, 2022
10.6 C
Diktel

मुन्दुम पदमार्गले सहज बनाएकाे टेम्के यात्रा, सुविधामा कमी

यात्रा संस्मरण

Subtitle

साेनाम सज्जन किराती

जब म माओवादी भए, किरात शब्दसँग नजिक रहे । किरात शब्दलाई माओवादी नेतृत्वले यति प्रिय बनाइदियाे कि मेरो दिमागभित्र त्यसकाे जस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता गाेपाल किरातीकाे पार्टी खम्बुवान राष्ट्रिय माेर्चा (खरामाे) बिच जनयुद्धताका वार्ता र पार्टी एकताको कारणले बनेको केमिस्ट्रीकाे रुपमा लिदा हुन्छ ।

जनयुद्धको बेला पुस्तकहरु पाउन कठिन हुन्थ्यो । राजनीतिको सामान्य ज्ञान पनि नभएको मान्छे म २०६० सालमा १७ वर्षकाे रहेछु, जुन उमेरमा हामी गाउँका किसान परिवारका केही छाेराछाेरी जनयुद्धमा लाग्ने निर्णयमा पुगेका थियौं ।

त्याे भन्दा पहिले अखिल क्रान्तिकारीकाे निमावि स्तरीय मूल इकाई कमिटीमा एक वर्ष काम गरेकाे थिए । जतिखेर सुनेको विचारकाे आधारमा जनयुद्ध, शाेषित, पीडित, निमुखाहरुकाे खातिर लडिएकाे लडाइँ रहेछ भन्ने थाहा भयो ।

अतः पछि छलफल चल्दै जाँदा डिकुवा दाम्लीबाट साथीहरु सबै जनयुद्धमा लाग्न हिम्मत नगर्ने हुनुभाे । तर, साथी ज्ञाविन्द्र राई र म जनयुद्धमा हाेमिने निर्णयमा पुग्याैं । २०६० माघ ५ गते घरदेखि नजिकै रहेको अहिलेकाे दाम्ली माविकाे प्राङ्गण हुँदै जनयुद्धमा हिडेकाे ताजा सम्झना छ भन्न यतिखेर सजिलो छ, त्यतिखेरका अप्ठ्यारा कस्ता थिए ? त्यसको विस्तृत पक्ष अरु खण्डमा लेखाैला ।

जनयुद्धमा लामबद्ध भएपछि म केही नयाँ कुराहरुकाे अध्ययनमा चासाे राख्न थालेँ । जसकाे परिणाम अहिले म यहाँसम्म आइपुगेकाे छु । अध्यययनकाे क्रममा युद्धको नियममा बाँधिएर युद्धको बेला विकसित दर्शनहरु भाैतिकवादी द्वन्द्ववादी दर्शनशास्त्र, राजनीतिशास्त्र सम्बन्धी पुस्तक र पत्रपत्रिकाहरु पढिन्थ्याे । पढ्ने क्रममा भेटिएको पूर्वमा किरातवादी आन्दोलन गाेपाल किराती कमरेड साइलाद्वारा लिखित पुस्तक निकै मिहिनेत गरेर पढेको छु । जसकाे प्रभावले म किराती हुँ भन्ने मेरो सानाे मानसपटलमा बसेकाे हाे ।

त्याे पुस्तकमा किरातीहरुकाे राज्य कसरी विस्थापन भयाे ? यलखाेमदेखि अन्तिम सत्ता सञ्चालनमा रहेको हतुवागढी दरबार र राजा अटलसिंह खम्बूलाई कत्लेआम गरिएको चर्चा विशेष अध्ययनयाेग्य लागेको थियाे । त्यो पुस्तककाे दाबी छ राईहरु राय अर्थात राजा हुन् । याे शब्दलाई पछि पगरी वा पदमा बदलियाे । जस्तै लिखुदेखि यता दुधकाेसी र अरुण तमाेरकाे किरातीहरुलाई राई पगरी गुथाइयाे र त्यही पदलाई जाति बनाइयाे ।

उता अरुणपारीकाे लिम्बू किरातीहरुलाई सुब्बा पद दिइयाे । र, सुब्बा र राईमा सीमित राखेर किरात राज्य सञ्चालक राजा हुने प्रचलनबाट पूर्णरुपमा किरातीहरुले विशेषगरी शाहवंशीय शासन अवधिबाट आफ्नो शासन जाेगाउन नसक्नु नै किरात शब्द गुम्न जाने खतरा ओैल्याइएकाे पाएँ । त्यसपछि सामान्य राजनीतिमा जाति, मातृभाषा र शासन व्यवस्थाका अवयवहरुकाे सिंहावलाेकन गर्न सक्ने हैसियत कायम गरेको हुँ जस्तो लाग्छ ।

म माओवादी भएर जातीय माेर्चामा रहिनँ । पछिल्लो वैद्य माओवादीमा हुँदा अखिल किराती राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय सल्लाहकार सदस्य रहेर थाेरै काम गरेँ । जति गरेँ त्यो त कम छ नै, तर नेपाली समाज रुपान्तरण वर्गीय मुक्तिबाट जातीय मुक्ति हैन, धार्मिक अन्धभक्तवादबाट राजनीतिक मुक्ति हुँदा चाहिँ सबै मुक्तिहरुकाे सपार्ट बाटाेहरु खुल्छ भन्ने लाग्छ ।

 टेम्के पुग्नुकाे उद्देश्य

टेम्के अहिले आन्तरिक पर्यटनको निम्ति आकर्षक केन्द्रकाे रुपमा विकास भएको बुझेको थिएँ । कस्तो छ अवस्था ? भनेर हेर्ने मन थियो । यसर्थ, यसपालि मेरो पाइला त्यता पुगेको हाे । कम्तीमा दैनिक चार सय मानिस आउने-जाने गर्ने रहेछन् । भाेजपुर, खाेटाङकाहरु पैदलै हिडेर पनि पुग्छन् ।

मुन्दुम पदमार्ग ।

पहिलेकाे जस्तो छैन टेम्के पुग्ने बाटाे । मुन्दुम ट्रेल (पदमार्ग)काे निर्माणले सहज बनाइएकाे रहेछ हिड्ने बाटाे । टाढाकाहरु जस्तै हलेसी, ओखलढुंगा, साेलुतिरका र खाँदबारी, धनकुटा, भाेजपुर सदरमुकाम एरियाका मानिसहरु सवारी साधन रिजर्भ गरेर टेम्के बेसक्याम्पबाट माथि पैदल जाने रहेछन् । कति त माथि डाँडामै बास बस्ने गरी पनि जाने रहेछन् ।

नपुगेको के रहेछ ?

माथि टेम्केमा अर्थात अलि तलतिर कम्तीमा बास बस्न हाेमस्टेहरु सञ्चालन गरिनुपर्ने तत्कालकाे समस्या देखियाे । माथि पिकमा खानेपानीकाे असुविधा छ । त्यसका लागि एउटा माेटर सञ्चालन गरेर दक्षिणतिर महाङ्काल भन्ने ठाउँबाट पानी तानेर ट्याङ्कीमा जम्मा गरेर एउटा अटुट धारापानीकाे व्यवस्था गर्दा राम्रो हुने थियाे ।

पैदल मार्गमा हाेमस्टेहरु भए राम्रो । बस्ने, खाने, आराम गर्ने हाेटल सुबिधाकाे तत्काल व्यवस्था हुन सके अति राम्रो । यतायातकाे व्यवस्था भएर पनि बर्खाबाढीकाे पहिराे नपन्छ्याइनुले सवारी साधनहरुलाई चुनाैती देखियो । यस्ता समस्या छन् कि सडकमा गिट्टी कुटेर थुपारिएकाे रहेछ ।

बाटाेमा थुपारिएकाे गिट्टी ।

अधिकांश स्थानकाे कैयाै गिट्टी बगाएको अवस्थामा देखियाे । सडकमा रुखहरु लडेर बाटाे अबरुद्ध गरेकाे देखियाे । स-साना यी समस्याहरुकाे समाधान हुन नसक्नुले यात्रा गर्ने ठुलो समूह टेम्के जान नसकेको देखियाे ।

सम्भावना

तत्कालकाे निम्ति सडक मर्मत सम्भावना छ । बेसक्याम्पलाई नै लिम्चिङबुङ हाेटलकाे रुपमा सञ्चालनमा ल्याउन प्रयत्न गरिएको रहेछ । याे असाध्यै सकारात्मक साेंच हाे । बरु चाँडाे ओपनिङ भए आउनेजाने र बास बस्नेहरुलाई सहुलियत हुने थियाे । अनि टेम्के टावर निर्माण कार्यकाे लागि सानाे टेवा पनि हुने थियाे ।

टावर नबनी त यति रमणीय छ टेम्के डाँडा । किरात संस्कृति बाेकेकाे याे उन्नत पवित्र थलाेकाे संरक्षणमा राज्यले ध्यान नदिनु पिडादायी अनुभव छ ।

टेम्के डाँडा । अहिले सवारी साधन डाँडैसम्म पुग्ने गरी कच्ची सडक खनिएकाे छ ।

टेम्केलाई आन्तरिक पर्यटनबाट अब बाह्य पर्यटनको रुपमा विकास गरिनुपर्छ । पर्यटन गन्तव्यकाे लागि लामाे यात्रा गर्न मिल्ने बाटाे भनेकै हलेसी, तुवाचुङ, ट्याम्के, मैयुङ, साल्पा, सिलिचुङ हुँदै साेलुमा रहेको सगरमाथासँग जाेड्न सकिने पदमार्गकाे सिर्जना गरी टेम्केलाई अब बाह्य पर्यटनकाे रुपमा विकास गरिनुपर्छ ।

यसकाे लागि अहिले तय भएको मुन्दुम पदमार्ग साल्पाबाट साेलुतिर अघि बढाउन जरुरी देखिन्छ । यी सम्भावनाहरुलाई कार्यक्रम बनाएर सरकारी तवरबाट अघि बढाउने हाे भने हाम्रो देशमा घुम्न आउने पर्यटककाे सेवाले हामी आर्थिक उन्नति हासिल गर्न सकिन्छ भने पर्यटकहरुले मनभरि घुम्ने यात्रा पूरा गर्ने अवसर प्राप्त गर्न सक्थे । यसले पर्यटककाे र नेपालीहरुकाे खुसी हुने दिनकाे सम्भावनाकाे बाटाे खाेल्थ्याे ।

टेम्के जान खनिएकाे कच्ची सडक ।

अहिले टेम्के डाँडामा टावरकाे लागि खनिएको खाल्डो अलपत्र बनेकाे छ । याे काम कहिले पूरा हाेला ? भन्ने जिज्ञासा त्यहाँ पुग्ने आम मानिसमा उठ्नु स्वाभाविक छ । त्यहाँ पुगेर अध्ययन गर्दा धेरै मानिसहरुले भनेको पनि सुनियाे, खाल्डाे खन्दा भेटिएको बहुमुल्य सामग्रीहरु क-कसले गायब पारे ? भन्ने प्रश्न पनि रहेछ ।

हाेला, मान्छेलाई शंका लाग्नु र लाग्न पाउने एउटा अहम सवाल हाे । यस्तो महान् कार्य गर्ने संगठित शक्तिले त्यसाे त गरेन हाेला । गरेको भए कही न कहीबाट सूचना वा समाचार किन बनेन ? जनताकै निगरानी र नियन्त्रणमा त्याे खाल्डो खन्ने काम भएको हुनुपर्छ । लापरबाही तरिकाबाट याेजना सञ्चालन गरिएकाे हाेइन हाेला । यसर्थ, यसबारेकाे शंका निराधार सावित हुन्छ भन्ने लाग्छ ।

टेम्के डाँडामा साथीहरुका साथमा सेल्फी ।

हामी साेनाम सज्जन किराती, शान्ता चाम्लिङ, माेनिका चाम्लिङ (एलिसा), गाैतम चाम्लिङ, इन्द्रजित चाम्लिङ, त्याश्वम किराती गरी ६ जनाले साकेला गाउँपालिका-१ बाँझे च्यानडाँडाबाट ६ घण्टा पुग्न, २ घण्टा टेम्के घुम्न र ४ घण्टा फर्कन गरेर १२ घण्टासम्म गरेकाे टेम्के यात्राकाे क्षण अविस्मरणीय रहनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्