भ्रामक भिडियो सम्प्रेषण गर्ने एक युट्युबर पक्राउ

प्रहरीले भ्रामक समाचार वा भिडियो सम्प्रेषण गर्ने एक जना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी स्थायी घर भई बुटवल–१३ रुपन्देहीमा बस्ने २१ वर्षीय राहुल थापा रहेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक प्रेस विज्ञप्ति जारी गरी थापालाई पक्राउ गरिएको बताए ।

उनलाई हिजो पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही अघि बढाइएको छ ।

थापाले ‘सेलेब नेपाल’ नामको युट्युब च्यानलबाट पीडितको मानमर्दन र चरित्र हत्या गर्ने सामग्री सम्प्रेषण गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्