Friday, December 9, 2022
15.9 C
Diktel

वैद्यका कार्यकर्ताद्वारा शिक्षक ताकमान राईलाई मोसो दलेर दुर्व्यवहार

कारबाहीको नाममा मोसो दल्ने शैली वैद्यका कार्यकर्ताले पनि सिके

गलत गरेकाे नाममा मोसो दलेर दुर्व्यवहार गर्ने शैली मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले पनि सिकेका छन् ।

खोटाङमा आज क्रान्तिकारी माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरुले खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गलत कार्य गरेकाे भन्दै जनप्रतिनिधि, कर्मचारी वा विभिन्न व्यक्तिहरुलाई मोसो दलेर कारबाहीको नाममा दुर्व्यवहार गर्दै आएका थिए ।

शिक्षक राईमाथि विद्यालयमा नियमित उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने, विद्यालयमै सुत्ने लगायतका आरोप लगाइएको छ ।

पटक–पटक चेतावनी दिँदा पनि नसुध्रिएपछि उनलाई कारबाही गरिएको अनेरास्ववियू क्रान्तिकारीका नेता तावेल राईले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्