फुङलिङकाे कोप्चे बजारमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो ।

स्थानीयवासीका अनुसार शुक्रबार बिहान ८ बजे अचानक आगलागी सुरु भएको हो ।

आगलागीबाट एक घर जलेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

फुङलिङ नगरपालिकाको दमकल पनि पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगोका कारण कोप्चेबजार पूरै जोखिममा आएको छ । बर्सेनि आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा पहिलोपटक आगलागी भएको हो । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्