यथास्थानमै लालपुर्जा पाउनुपर्ने माग राखेर काठमाडाैंका सुकुमबासीद्वारा प्रदर्शन

१० बुँदे काठमाडाैं घोषणापत्र जारी

काठमाडाैं उपत्यकामा रहेका सुकुमबासीहरुले यथास्थानमै लालपुर्जा पाउनुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।

सरकारले बिनाविकल्प सुकुमबासीहरुलाई उठीबासको सूचना जारी गरेकाे भन्दै उनीहरुले आज यथास्थानमै लालपुर्जा पाउनुपर्ने माग राखेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराजुलुससहितकाे प्रदर्शन गरेका हुन् ।

प्रदर्शन संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालको अगुवाइमा भएकाे हाे ।

साे अवसरमा माेर्चाले स्थायी विकल्प बिना उठीबास गराउन खाेज्ने कार्य सधैंका लागि बन्द गर्न माग गर्दै १० बुँदे काठमाडाैं उपत्यका घोषणापत्र समेत जारी गरेकाे छ ।

मोर्चाका अध्यक्ष कुमार कार्कीले सरकारको एउटा निकायले लालपुर्जा दिन फारम भर्ने, अर्को निकायले उठीबासको सूचना टास्दै हिडेकाेले सरकारको द्वैध चरित्र देखिएकाे बताए ।

उनले सुकुमबासीहरुको अधिकार प्राप्तिको निम्ति आन्दाेलन गर्दा आन्दोलनलाई कमजाेर बनाउन विभिन्न बहानाबाजी गरेर मोर्चालाई फुटाउने प्रयास गरिएकाे समेत बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्