नाटाेकाे सदस्य नबन्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे भनाइ

युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले युक्रेनमा नाटोको सदस्य हुनुहुन्न भन्ने चेतना बढेको बताएका छन् ।

उनले बेलायतले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलसँग राजधानी किभमा बोल्दै युक्रेनले नाटोमा सदस्य नहुने विषयमा अनुमोदन गर्न आवश्यक छ भने ।

रुसी आक्रमणबाट बच्न अमेरिकी गठबन्धनको सैनिक संस्था नाटाेको सदस्य नबन्ने विषयलाई स्विकार गर्नु उपयुक्त हुने उनले बताएकाे अलजजिराले उल्लेख गरेको छ ।

‘युक्रेन नाटोको सदस्य होइन, वर्षौंदेखि नाटोको सदस्य बन्न ढोका खुल्ला रहेको हामीले सुन्थ्यौं, र हामीले त्यहाँ सदस्य हुनुहुन्न भन्ने पनि सुन्थ्यौं, यही सत्य रहेछ र यसैलाई हामीले स्विकार गर्नुपर्छ,’ राष्ट्रपति जेलेन्स्कीले प्रतिनिधिमण्डललाई भने ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्