Sunday, November 27, 2022
10.5 C
Diktel

महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य पक्राउ

Subtitle

नेकपा एमाले समर्थित युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।

ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ । महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।

सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्न म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए । न्युज कारखाना

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्