Wednesday, February 8, 2023
11.8 C
Diktel

चीनले निर्माण गरेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

चीन सरकारले निर्माण गरेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले हिजाे प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको साँचो परारष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरे ।

साँचो हस्तान्तरण भए लगत्तै पोखरामा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ ।

विमानस्थल डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्