अधिवक्ता किवाङ हाङ राईले न्याय क्षेत्रमा जबरजस्ती करनीको मुद्दामा कुनै पनि महिलाले आफूमाथि अन्याय भएर नै उजुरी दिन्छन् भन्ने मान्यता रहने बताएका छन् ।
नाबालिग बलात्कारको मुद्दामा थुनामा पठाइएका अभिनेता पल शाहको घटनाबारे साल्पा अनलाइनसँग कुरा गर्दै अधिवक्ता राईले सो कुरा बताएका हुन् ।
उनले भने, ‘जबरजस्ती करनीको मुद्दामा महिलाले जुन उजुरी दन्छ त्यसले ठुलो स्थान ग्रहण गर्छ । कुनै पनि महिलाले आफ्नाे इज्जेत लिलाम गरेर उजुरी गर्दैन भन्ने मान्यता छ ।’
उनले अभिनेता शाहमाथि लागेको आरोप प्रमाणित भए उनलाई कम्तिमा पनि १२ वर्ष जेल सजाय हुने बताए ।
बाँकी भिडियोमाः