दक्षिण कोरियाविरूद्ध आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियाले आफूलाई पूर्वसावधानीका नाममा उत्तेजित पार्ने काम गरे आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जङले मंगलबार विज्ञप्ति जारी गर्दै धेरै निहुँ खोजे आणविक हतियारले दक्षिण कोरियाले ध्वस्त पारिदिने चेतावनी दिएको समाचार संस्था एपीले उल्लेख गरेको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीबाट सार्वजनिक भएको जङको विज्ञप्तिमा उनले दक्षिण कोरियाका रक्षा मन्त्रीले हालै दिएको सावधानीका लागि हमला गर्न सकिने भन्ने अभिव्यक्ति दिवासपना र पागलपन भएको बताएकी छन्।

किम जोङ उनको शासनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने उनकी बहिनी जङ तीन दिनमा दक्षिण कोरियाप्रति दोस्रो पटक खनिएकी हुन्।

उत्तर कोरियाले क्षेप्यास्त्रसहित हतियार परीक्षणलाई बढाइरहेका बेला दक्षिणप्रति यस्तो चेतावनी आएको हो।

जङले कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले अर्को युद्ध नचाहेको भए पनि आक्रमण भए आणविक हतियारले जवाफ दिने बताएकी छन् । एजेन्सी

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img