Sunday, November 27, 2022
11.1 C
Diktel

प्रतिशोधका कारण मिल्ने साथीबाटै कविताकाे हत्या

Subtitle

उदयपुरस्थित बेलका नगरपालिका-६ किरात चौककी १६ वर्षीया कविता सुनुवारलाई प्रतिशोधका कारण उनकै मिल्ने साथीले हत्या गरेको खुलेको छ ।

हिजो बिहानै घरबाट ट्युसन पढ्न हिडेकी सुनुवार केही घण्टापछि नै मृत भेटिएकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

घटनापछि प्रहरीले हत्यारा खोज्न थाल्यो । त्यसक्रममा शंकास्पाद देखिएका दुई दाजु-बहिनीलाई पक्राउ गर्यो ।

प्रहरीले बेलका नगरपालिका-३ बस्ने १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षीया सरिता ढकाललाई पक्राउ गर्यो ।

सोधपुछको क्रममा उनीहरुले प्रतिशोधका कारण सुनुवारको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।

सुनुवारले आफूलाई विभिन्न कुरामा ब्याकमेलिङ गरेर तनाव दिने गरेकाले त्यसकै रिस फेर्न योजना बनाएर हत्या गरेको उनीहरुले बयान दिएका छन् ।

सुनुवार स्थानीय कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । उनी अनुशासित, इमान्दार र जेहेन्दार छात्रा थिइन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्