Friday, December 9, 2022
15.9 C
Diktel

नयाँ वर्षको अवसरमा तामाङ कर्मचारी सञ्जालले वनभोजको आयोजना गर्ने

नयाँ वर्ष २०७९ को अवसरमा तामाङ कर्मचारी सञ्जाल समितिले तामाङ कर्मचारीहरुलाई एकताबद्ध पार्ने उदेश्यका साथ वनभोज आयोजना गर्ने भएको छ ।

वनभोज वैशाख १० गते शनिबारका दिन काठमाडौंको बालाजुस्थित बाइसधारा पार्कमा आयोजना गरिने छ ।

काठमाडौंको बबरमहलस्थित होटल क्वालिटी व्याङ्क्वेटमा हिजो चैत २३ गते बसेको समितिको बैठकले नयाँ वर्षको अवसरमा वनभोजको आयोजना गर्ने निणर्य गरेको हो ।

समितिका अध्यक्ष टेकराज स्याङ्तानको अध्यक्षतामा बसेको बैठकले वनभोज कार्यक्रमकै अवसरमा तामाङ कर्मचारी सञ्जालको साधारणसभा पनि सम्पन्न गर्ने निणर्य गरेको छ ।

वनभोज कार्यक्रमबाट हालसालै गठित तामाङ निजामती कर्मचारी मञ्चको तदर्थ समितिलाई साधारणसभाबाट अनुमोदन गर्ने, मञ्चको घोषणा-पत्र पारित गर्ने, अन्य विषयगत समितिहरु गठन गर्ने, सदस्यता वितरण कार्य तीव्र पार्ने, बौद्धिक समूह तयार पर्ने, लोकसेवा तयारी कक्षा सञ्चालन आदि विषयमा निणर्य गरिने छ ।

सो अवसरमा यस आर्थिक वर्ष लोकसेवा आयोगबाट सिफारिस भई निजामती सेवामा प्रवेश गरेका नयाँ शाखा अधिकृतहरुलाई बधाई दिने र स्वागत गर्ने तथा मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने छ ।

बैठकमा तामाङ निजामती कर्मचारी मञ्च समिति (तदर्थ) का संयोजक टङ्क नेगी र सदस्य छायाँलाल मोक्तानको पनि सहभागिता रहेको थियो ।

समितिले कर्मचारी सञ्जालमा आबद्ध हुन र वनभोज कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्