‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ सार्वजनिक

काठमाडौंमा एक कार्यक्रमकाबीच ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोद्वारा लिखित पुस्तकमा बौद्ध धर्म र दर्शनका विविध पक्षहरुलाई समेटिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इतिहासविद् डा. रमेशकुमार ढुंगेल, अनुवादकद्वय पुण्य पराजुली र टीका शेर्पा लगायतले पुस्तक बौद्ध धर्म र दर्शनको बारेमा बुझ्न अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

पुस्तकमा गौतम बुद्धको संक्षिप्त जीवनलिला, बौद्ध धर्म र दर्शनको महत्व र बौद्ध शिक्षा किन आवश्यक छ लयायतका विषयहरु समेटिएको छ ।

कोरोना महामारी सुरु भएपछि दैनिक बाह्य गतिविधि ठप्प भएपछि समयको सदुपयोग गर्ने क्रममा पुस्तक लेख्ने विचार आएको लेखक दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोले उल्लेख गरे ।

करिब २ वर्ष लगाएर सार्वजनिक गरिएको पुस्तक विभिन्न देशहरुमा रहेका बौद्ध अनुयायी दाताहरुको सहयोगमा प्रकाशन गरिएको हो ।

पहिलो चरणमा १० हजार प्रति प्रकाशन गरिएको पुस्तक आवश्यकता अनुसार थप प्रकाशन गरिने बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्