Tuesday, October 3, 2023

पल शाह प्रकरणमा पीडितले बयान फेरिन्

जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् ।

तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् । जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् ।

अदालतले हिजाे पीडित र साक्षीको बकपत्र लिएको थियाे ।

गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिए । रासस

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्