नगेन चाम्लिङ
गगन मलिक एक भारतीय अभिनेता हुन् । सन् २०१२ मा लोकप्रिय जी टिभी ड्रामा सिरियल रामायणमा अभिनय गरेपछि उनी विशेष गरी हिन्दू अनुयायीहरुमा लोकप्रिय छन् ।
उक्त सिरियलमा मलिक रामको मुख्य भूमिकामा देखिन्छन् । मलिक रामायण छायांकनको क्रममा श्रीलंकामा हुँदा बुद्ध सम्बन्धी यथार्थ ज्ञान पाएको बताउँछन् ।
उनी भन्छन्, बुद्ध ऐतिहासिक हुन् र उनी हिन्दू धर्मको पारिवारिक पृष्ठभूमि भए पनि सबै भारतीय बुद्धिष्ट हुँदा भारतीयका लागि भबिष्य उज्वल छ ।
यसैबीच उनले सोचे कि मैले आफ्नो देशमा बुद्धको यथार्थ ज्ञान किन पाउन सकिन ? उनले आफूलाई बुद्ध बन्ने वाचा पनि गरे ।
गत फेब्रुअरीमा उनी बैंकक गएका थिए र एक बुद्ध टेम्पलमा कपाल मुण्डन गरेर भिक्षु बनेका थिए । बौद्ध बनेपछि मल्लिकले आफ्नो धर्म परिवर्तनको बारेमा धेरै टेलिभिजन तथा सञ्चारमाध्यमहरुमा कुरा गरिसकेका छन् ।
यस क्रममा मलिकलाई अहिलेसम्म धेरै प्रश्नहरु सोधिएका छन् र उनले जवाफ पनि दिएका छन् ।
प्रश्नहरुको दुई उत्तरमा एउटा हो, उनी आफ्नो भारतीय समुदायलाई बुद्धको बारेमा सजिलै उत्प्रेरित गर्नका लागि बुद्धको सजावटी मूर्ती उपहार दिन चाहन्छन् । र अर्को जवाफ यो हो कि हिन्दू बुद्धिष्टको विरुद्धमा हुने छैनन् । किनभने जब उनीहरुले बुद्धको वास्तविक ज्ञान प्राप्त गर्छन्, उनीहरु आफै बुद्धिष्ट हुनेछन् ।

![रामायण लेख्दा वाल्मीकिले आफू किराती गाउँमा हुर्किएको लेखेका छन् : अशोक राई [भिडियाे]](https://salpaonline.com/wp-content/uploads/2021/06/ashok-rai-218x150.jpg)