रामायण लेख्दा वाल्मीकिले आफू किराती गाउँमा हुर्किएको लेखेका छन् : अशोक राई [भिडियाे]

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले वेद, पुराण, रामायण र महाकाव्यहरुमा प्रशस्त वर्णन गरिएको हजारौं वर्षदेखिको किरात शब्दप्रति के को पूर्वाग्रह भन्दै किरात प्रदेशविरोधीहरुलाई प्रश्न गरेका छन् ।

पार्टीनिकट किरात राष्ट्रिय समितिले प्रदेश १ को दिक्तेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता राईले किरात शब्द र पार्टीले उठाएको किरात प्रदेशबारे व्याख्या गरेका छन् ।

‘चाहे वेदमा हेर्नुस्, चाहे पुराणमा हेर्नुस्, चाहे महाकाव्यमा हेर्नुस्, रामायणमा हेर्नुभयो भने रामायण लेख्ने वाल्मीकिले के भन्छन् भने म किराती गाउँमा हुर्किएको हुँ भनेर लेख्छन्,’ दिक्तेलको शुभम् फाउन्डेसनमा आयोजना गरिएको कार्यक्रममा उनले भने, ‘थुप्रै ठाउँमा किरातको चर्चा छ । कौरवको पक्ष लिएर लड्ने भगदन्त किरात, यता पाण्डवहरुको पक्ष लिएर लड्ने एकजना काठमाडौंका किरात राजा (जीते दास्ती हो कि जस्तो लाग्छ), अनेक चर्चा छ महाभारतमा । हजारौं वर्षदेखिको किरात शब्दसँग केको पुर्वाग्रह राख्नुपर्ने ?’

बाँकी भिडियोमा हेर्नुहोस्ः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्