घुस लिएको अभियोगमा प्रधानाध्यापक र अध्यक्ष पक्राउ

महोत्तरी जिल्ला श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले ५० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दुवैजनालाई बिहीबार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, दुवैजनाले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएको पाइएको छ ।

दुवैजनालाई महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.२, टाउन प्लानिङ्गस्थित मामाज किचन, फेमिली रेस्टुरेन्ट एण्ड गेस्ट हाउस बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । गाेरखापत्र अनलाइन

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img