असार १ देखि भदाै मसान्तसम्म सडक खन्न नपाइने

अब असार १ गतेदेखि भदौमसान्तसम्म सडक खन्न नपाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले बुधबार एक सूचना जारी गर्दै वर्षायाममा सडक खन्न नदिने जनाएकाे हाे ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्ममा कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति दिइने छैन,’ सूचनामा भनिएकाे छ ।

विभागले यदि कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img