भ्रष्टाचार अभियोगमा अध्यक्ष यादवविरुद्ध मुद्दा दर्ता

रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्नेक्रममा एक लाख ७२ हजार २४० रुपियाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी सरकारी सम्पत्ति बद्नियतपूर्वक हिनामिना गरी हानी नोक्सानी गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार आरोपपत्र दर्ता गरिएको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img