शिक्षा, स्वास्थ्य र कृषि देशको मेरुदण्डः प्रमुख खापुङ

प्रदेश १ का प्रमुख परशुराम खापुङले बुढिगंगा–४, मोरङमा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयकाे अवलाेकन गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति डा. शुभश्री पोखरेलले प्रमुख परशुराम खापुङलाई स्वागत गरी विश्वविद्यालबारे जानकारी गराएका छन् ।

दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले स्थापित मनमोहन पोलिटेक्निकलाई २०७६ सालदेखि मात्रै विश्वविद्यालय बनाइएको हो ।

विश्वविद्यालयले मेकानिकल, इन्जिनियरिङ लगायत धेरै प्राविधिक शिक्षा दिँदै आएको उपकुलपति डा. पोखरेलले बताए ।

अवलोकनपश्चात खापुङले शिक्षा, स्वास्थ्य र कृषि देशको मेरुदण्ड रहेकोले यस्ता शिक्षाको धेरै भन्दा धेरै खाँचो रहेको बताए ।

सबैलाई दक्ष तथा शिक्षित तुल्याउने यस्ता खालका विश्वविद्यालयलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनकाे भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्