भुटानी शरणार्थी नेता डा. भम्पा राईकाे निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईकाे आज बिहान ७५ वर्षकाे उमेरमा निधन भएकाे छ । विराटनगरस्थित नाेबेल अस्पतालमा उपचारकाे क्रममा बिहान २ः४० मा उनकाे निधन भएकाे हाे ।

हिजाे दिउँसो एक्कासी मुटुकाे चाल कम भएपछि उनलाई झापाकाे दमकस्थित लाइफालाइन अस्पताल लगिएको थियो ।

पाँच दिन अघि मात्रै लाइफलाइन अस्पतालमै हर्नियाको शल्यक्रिया गरिएका उनलाई थप उपचारका लागि नाेबेल अस्पताल रिफर गरिएकाे थियाे ।

तीन वर्षअघि पनि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको जोखिमपूर्ण शल्यक्रिया गरिएको थियो । उनी एक दशक अघिदेखि कलेजो सम्बन्धी रोगबाट समेत पीडित थिए ।

राईको आजै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिनेछ ।

दुई वर्षअघि पत्नी उर्मिला श्रेष्ठको निधन भएपछि राई दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए । करिब २ महिनाअघि मात्रै दमक नगरपालिकाले उनलाई बस्नका लागि निःशुल्क आवासकाे व्यवस्था गरेकाे थियाे ।

राईले तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । उनी भुटानी शरणार्थीहरु तेस्राे मुलुक पुनर्वास नभएर भुटान नै फर्कन पाउनुपर्ने आन्दोलनमा थिए ।

भुटानी शरणार्थी तथा स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा समेत दिँदै आएका राई दम्पत्तीकाे सन्तान थिएन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्