१७ जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारिस (सूचीसहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस गरेको छ ।

बुधबार राति मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली छन् ।

यस्तै किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img