केआरएसएले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

किरात राई सोसाईटी अफ अमेरिकाले रक्तदान कार्यक्रम गर्ने भएको छ । उक्त रक्तदान न्यूयाेर्ककाे क्यून्स्मा हुने भएको हो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।

‘जुनको २६ तारिक शनिबार क्यून्स्को सत्यनारायण मन्दिरमा दिनको ११ः३० बाट ५ बजेसम्म हुने रक्तदान कार्यक्रममा संस्थाको तर्फबाट सबै सामाजिक संस्थाका महानुभाहरुलाई आव्हान गरिको छ,’ संस्थाका सचिव सुमन नाछिरिङले भने, ‘रक्तदान कार्यक्रम विगतमाझैं यसपाली पनि निरन्तरता दिइएको हो ।’

‘कोरोना महामारीको समयमा न्यूयाेर्क ब्लड सेन्टरमा रक्त भण्डारको अभाव नहोस् भनी हाम्रो संस्थाले रक्त दान सुरु गरेको हो,’ संस्थाका अध्यक्ष खगेन्द्र राईले भने, ‘सबै तयारी पूरा भइसकेको छ । १०० पिन्ट रगत संकलन हुने विश्वास छ ।’

न्यूयोर्क ब्लड सेन्टरसँग सहकार्य गरिने दान कार्यक्रममा गत साल संस्थाले ६६ पिन्ट रगत संकलन गरेको थियो ।

‘प्राथमिक उपचार लगायत भोलन्टरी कार्यका सबै तयारी पूरा भइसकेको छ,’ केआरएसए न्यूयोर्क च्यप्टरकी अध्यक्ष वाकाशा बान्तावा राईले भनिन्, ‘म कार्यरत अफिसको बोस र स्टाफहरुसमेत रक्तदान गर्न आउनु हुँदैछ ।’

संस्थाको टेक्सास्मा सम्पन्न छैठौं सम्मेलनले खगेन्द्र राईको अध्यक्षता नयाँ कार्यसमिति भर्खरै चयन गरेको हो ।

किरात राई सोसाईटी अफ अमेरिका किरात येले संवत् ५०६४, सन् २००४ जुन २४ मा संयुक्त राज्य अमेरिकाको नाफारहित संस्थाको रुपमा दर्ता भएको सामाजिक संस्था हो ।

यसले विगत दुई वर्षदेखि न्यूयोर्कमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

हाल संस्थाले १९ औं स्थापना दिवसको अवसर पारेर रक्तदानलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो । संस्थाले सुम्निमा साँझको १० औं संस्करण पनि सम्पन्न गरिसकेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img