यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा

किरात राई यायोक्खाकाे ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा गरिने भएको छ ।

यायोक्खाले गत असार ११ गते बैठक बसी महाधिवेशनकाे मिति टुंगो लगाएको हो ।

महाधिवेशनका लागि यायोक्खाका अध्यक्ष दिवस राईको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएकाे छ भने विभिन्न १३ वटा उपसमितिहरु पनि गठन गरिएको छ ।

यायोक्खाले प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गराउनका लागि दबाब सिर्जन गर्ने निर्णय पनि गरेको अध्यक्ष राईले जानकारी दिए ।

बैठकले यायोक्खाको ३५औं स्थापना दिवस आगामी साउन २२ गते काठमाडौंमा मनाउने निर्णय गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img