सरकारले फेरि बढायाे इन्धनकाे मूल्य

सरकारले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ ।

बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्