सोलुखुम्बुमा चट्याङ लागेर एक बालककाे मृत्यु भएको छ ।

हिजाे साँझ चट्याङ लागेर थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङको घटनास्थलमा नै मुत्यु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जनाए ।

माइती हिँडेकी आमासँगै गएका बालक पानी परेका कारण ओत लागेको घरको पेटीमा बसेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङमा परी आमा ताकमाया तामाङ गम्भीर घाइते भएकी छन् ।