केपिलासगढी गाउँपालिकाद्वारा ‘विपत् तथा राहत कोष’ स्थापना

जनप्रतिनिधिहरुले एक दिनकाे सुविधा रकम जम्मा गर्ने

खाेटाङस्थित केपिलासगढी गाउँपालिकाले प्राकृतिक विपत्तिमा परेकाहरुलाई तत्काल उद्धार र सहयोग पुर्याउने उद्देश्यले ‘विपत् तथा राहत कोष’ निर्माण गरेकाे छ ।

गत साेमबार बसेकाे कार्यपालिकाकाे बैठकले उक्त काेष निर्माण गर्ने निर्णय गरेकाे हाे । जसमा तत्काल दुई लाख रुपैयाँ जम्मा गरिने छ ।

गाउँपालिकाका अध्यक्ष समिर राईले बर्खायाममा अधिकांश वडाहरुमा बाढी र पहिरोबाट मानिसहरु विस्थापित हुने गरेकाले उनीहरुको सहयोगका लागि कोष खडा गरिएकाे बताए ।

काेषमा सबै जनप्रतिनिधिहरुको एक दिनको सेवा सुविधा जम्मा गरिने र कर्मचारी, शिक्षक लगायत सबैलाई कोषमा सहयोग जम्मा गर्न अनुरोध गरिनेछ ।

अध्यक्ष राईका अनुसार गाउँपालिका भित्रका उधोगी, व्यापारी, देश-विदेशमा रहेकाहरुलाई समेत कोषमा सहयोग गर्न आग्रह गरिनेछ ।

कोषकाे संयोजकमा गाउँपालिका अध्यक्ष र सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुनेछन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img