किरात राई खेलकुद संघको अध्यक्षमा सन्जयकुमार राई निर्वाचित भएका छन् ।

यही असार २१ र २२ गते खाेटाङकाे दिक्तेलमा सम्पन्न संघकाे तेस्रो राष्ट्रिय महाधिवेशनबाट सितोरियो कराते खेलाडी सन्जयकुमार राईकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरिएकाे हाे ।

समितिकाे उपाध्यक्षमा रमा राई, नइन्द्र राई र सुर्यकुमारी सुनुवार राई, महासचिवमा माेतीचन्द्र राई, सचिवमा प्रविण कुलुङ राई र काेषाध्यक्षमा सुमन राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा देउधन राई, कुमारी राई, सार्जन राई, निर्मला राई, विक्रम राई, देवु राई, चन्द्रकुमार राई, डेनिका राई, भुवन राई, मेघराज राई, सुजता राई र नारदमणि राई छन् ।

महाधिवेशनकाे उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले गरेका थिए । उद्घाटन समाराेहमा किरात राई यायोक्खाका महासचिव जनक राई पनि थिए ।

महाधिवेशनले १० बुँदे दिक्तेल घाेषणापत्र-२०७९ समेत जारी गरेकाे छ ।

जसमा खेलाडीहरुको हकहित, कल्याण र रोजगारीको उचित व्यवस्थादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा किरात राईहरुको सहभागिता वृद्धि गर्न पहल गरिने,

इतिहास, भूगोल, सभ्यता, संस्कृति र पहिचानको आधारमा १ नम्बर प्रदेशको नामाकरण किरात प्रदेश स्थापना गर्न माग,

किरात राई समुदायको उदगमस्थल तुवाचुङ जायजुम र रैछाकुले उत्पति थलोकाे उचित संरक्षण, खुवालुङमाथि भइरहेको सरकारी अतिक्रमणको विरोध,

किरातकालीन सत्ता संचालनको समयमा रहेका ऐतिहासिक गढी, थुम तथा गौडाहरुको उचित संरक्षणकाे माग, मातृभाषा पठनपाठनकाे माग लगायत छन् ।