वर्तमान नकारात्मक परिस्थितिकाे जिम्मेवार वैद्य-विप्लव अनि प्रचन्ड-बाबुराम

जनयुद्धकाे जगमा जनआन्दोलनको उपलब्धि गणतन्त्र लगायतमाथि आज जुन संकटको चर्चा छ, त्यसको प्रारम्भिक कारक तत्व वैद्य-विप्लवको वाम विसर्जनवाद हो । जसले प्रथम संविधानसभाबाट अधिकतम् प्रगतिशील संविधान निर्माणको परिस्थिति भाँड्यो ।

संविधानसभाबाट अधिकतम् प्रगतिशील संविधान बन्न पाएको भए जनता अधिकतम् अधिकारसम्पन्न हुने थिए र आजको रडाको देख्नुपर्ने थिएन ।

दोस्रो, तर मुख्य कारकत त्व दक्षिणपन्थी विसर्जनवादी प्रचण्ड हुन्, जसले पहिचानकाे मुद्दा त्यागेर पार्टीलाई खड्गप्रसाद ओलीको बाहुनवादी भाँडामा घोप्ट्याए ।

न्युनतम प्रगतिशील संविधान बन्नासाथ पार्टी त्यागेर भाग्ने बाबुराम पनि दक्षिणपन्थी छँदै थिए ।

कांग्रेस-एमालेलाई राष्ट्रपतिको कुर्सी बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र संघीयताकाे सिद्धान्त चाहिएकै होइन ।

प्रचण्ड-बाबुराम, वैद्यले यी उपलब्धिहरुको रक्षा गर्ने राजनीतिक एवम् नैतिक मूल्य स्वयम् सखाप पारिसकेका छन् ।

तसर्थ, यी उपलब्धिहरुको रक्षाका निमित्त गणतन्त्रको गुणात्मक विकास सर्त स्वीकार गर्दै संविधान पुनर्लेखन कार्यसूचिमा तेस्रो जनआन्दोलन तयारी एक मात्र अग्रगामी समाधान हो ।

[गाेपाल किरातीकाे फेसबुकबाट ।]

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्