‘राई’ जातिकाे इतिहास दुई हजार वर्ष पुरानो छ

संसारको महान् र सर्वाेच्च प्राणीहरुमध्ये हामी मानव एक हाैं । त्यसैले हामी आ-आफ्नो अस्तित्व, पहिचान, इतिहास, बिरासत, विकास र समृद्धि चाहन्छौं ।

मानव विकास क्रममा विभिन्न कालखण्डहरु पार गर्दै आउँदा विभिन्न आवश्यकीय विषयवस्तुको पनि उत्थान र विकास गर्दै आएको पाइन्छ । संसारमा करिब १२ वटा जति विभिन्न मानव सभ्यताहरुको क्रम र चरणहरु पूरा गर्दै आएको पाइन्छ । जसमध्ये एक प्राचीन मानव सभ्यताको नाम वा इतिहास हो किरात सभ्यता ।

किरात सभ्यताको लिखित इतिहास करिब १२,००० वर्षको पाइन्छ । मानवशास्त्री, समाजशास्त्री, इतिहासकार, भाषाशास्त्री, पुरातात्त्विक र भाैतिक विज्ञानशास्त्रीकाे अनुसार किरात सभ्यताभित्र विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चालचलन, भूगोल, भौतिक विकास भएको पाइन्छ ।

त्यस किरात सभ्यता भित्रको प्रमुख जातिमध्येकाे एक जाति हो राई । राई जातिको लिखित् इतिहास २००० वर्ष भन्दा पुरानो देखिन्छ । किरात बायुङको तुम्लो (मुन्धुम) मा समेत ढेमु राई र सन्तु राई भनेर नाम आउँछ साथै चाम्लिङ राई, थुलुङ राई, वाम्बुले राईमा समेत मुन्धुममा राई शब्द प्रयोग हुन्छ ।

राई जातिसँग विभिन्न किसिमको भाषा, लिपि, इतिहास, विरासत, संस्कृति, भूगोल पाइन्छ । त्यसैले राई जातिको सन्दर्भमा एक जाति २४-२७ भाषी र बहुसंस्कृति पाइन्छ । मगर जातिमा पनि एक जाति तीन भाषी छन् र नागा जातिमा पनि एक जाति २१ भाषी छ्न् ।

यसै क्रममा नेवारमा एक जाति ३ लिपि छ । थारुमा पनि एक जाति तीन लिपि छ । जहाँ बायुङ राई भाषी पनि २७ बाट राई भाषामध्येको एक प्रमुख भाषा हो । बायुङ राईहरु नेपालमा करिब २४ जिल्लामा छरिएर बसोबास गरेको पाइन्छ । जहाँ सुदुर पूर्वदेखि लिएर सुदुरपश्चिम्सम्म फैलिएर बसेको पाइन्छ ।

बिशेषगरी बायुङ राईहरुकाे ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरमा बाक्लो वा घनाबस्ती रहेको छ । बायुङ राईको जनसंख्या ५०,०००-५५,००० छन् । किरात राई जातिभित्र भाषा, संस्कृति, भूगोल, चालचलनहरुमा एक अर्कामा परिपूरक र नजिक देखिन्छ ।

बायुङ राईको भाषा र कोइँच (सुनुवार)को भाषा १४ शताब्दीमा छुट्टिएकाे हाे । बायुङ राईको भाषा कोइँच (सुनुवार) भाषा, वाम्बुले राई भाषा, जेरोङ भाषा, थुलुङ राई भाषासँग मिल्दछ ।

विशेषगरी नेपालको भूगोलमा विभिन्न कालखण्डमा करिब १२ वटा गढीहरुमा राजा भएर शासन गरेको इतिहास पाइन्छ । ती गढीहरुमा राई जातिका राजाहरु राज्य सत्तामा बस्दा गोरखा राज्यको राजा पृथ्वीनारायण शाहसँग पटकपटक कूशलतापूर्वक लडेका थिए । ज्ञानबहादुर बायुङ राई, (पाछा/दोचा- सेचोचा)

सन्दर्भ सामग्रीः
Heritage of the Kiratas- रामचन्द्र राई, किरात इतिहास
इमानसिंह चेम्जोङ; The lost children of Khumbuwan
Prof. DR. Bishnu S Rai, किरात जाति
Prof. Dr. Gopal Shiwakoti
Dr. Taramani Koyi Rai
Prof. Dr. Nobal Kishor Rai
Dr. Lal Rapacha
कुलपति- किरात प्रज्ञा परिषद्, जयकुमार राई
प्राचीन किरात इतिहास, स्वामी प्रपन्चार्य
किशोर बायुङ राई, Anthology Researcher- TU
Dr. Bishnu Kumar Sinjali Magar
Kirat History & Genealogy- Jeet Man Rai
राजुकुमार राई- नेपालको किरात इतिहास
Homo Sapients- Prof Dr. Yuval Noah Harari
Dr. Harka Gurung- मैले देखेको नेपाल
GP Shing- Kiratas in Ancient India.

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्