Wednesday, November 30, 2022
10.4 C
Diktel

कमरेड गोन्जालो र नेपाल

Subtitle

विश्व कम्युनिस्ट आन्दोलनका एक जोदाहा तथा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष कमरेड गोन्जालोको निधनले मार्क्सवादी क्रान्तिकारीहरुलाई दुखित तुल्याएको छ । सन् १९३४ मा जन्मेर दर्शनशास्त्रको प्राध्यापक रहेका गोन्जालोको ८६ बर्षको उमेरमा कारावासको अवस्थामा निधन भयो । सन् १९९२ मा आफ्ना श्रीमती र पार्टी कमरेडहरुसहित गिरफ्तार परेका गोन्जालो २९ बर्षसम्म राजबन्दी रहे । मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको दृढ प्रतिबद्वतामा गोन्जालो स्तरको कम्युनिस्ट नेता २९ बर्ष राजबन्दी रहेको सम्भवत: यो नै सर्वोच्च घटना हो । अत: विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा गोन्जालोको उच्च मूल्याङ्कन स्वत: स्पष्ट छ ।

६ करोड जनसंख्या रहेको पेरुमा गोन्जालो नेतृत्वमा सन् १९८१ देखि जनयुद्व उद्घोष गरियो । ११ बर्षको जनयुद्वले पेरुको ७० प्रतिशत भू-भाग कब्जामा लिन सफल भइरहेको थियो । रणनीतिक रक्षा र रणनीतिक शक्ति सन्तुलनको चरण पूरा गर्दै पेरुभियाली क्रान्तिलाई रणनीतिक प्रत्याक्रमणको चरणमा उठाउन स्थलगत अध्ययन कार्यमा गोन्जालो टोली पेरुको राजधानी लिमास्थित पुगेको थियो । त्यही क्रममा सन् १९९२ मा गिरफ्तारमा परि गोन्जालोले २९ बर्ष लामो आजीवन कारावास संघर्ष लडे ।

पार्टी अध्यक्ष रहेका गोन्जालो दुस्मनकाे कब्जामा परेपछि ४५ बर्षीय फिलिसियानोले पार्टी महासचिवको जिम्मेवारी सम्हाल्दै जनक्रान्ति जारी राखे । तर, लगत्तै उनी पनि गिरफ्तारीमा परेपछि २७ बर्षीय आर्तीमो पार्टी महासचिव बने । छापामार दस्ताको कुसल कमाण्डर रहेका आर्तीमो पनि गिरफ्तार परेपछि पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) वस्तुत: ओझेलमा पर्यो।

सँगसँगै टुपाक अमारु नामक चेवादी दस्ता पेरुमा संघर्षरत थियो । टुपाक अमारुका प्रमुख भिक्टर पोले अगावैदेखि राज्यको बन्दी थिए । साइनिङ पाथको अवसान सँगसँगै टुपाक अमारुले विश्व चर्चित कार्वाही गर्यो । अमेरिकी दलाल राष्ट्रपति फुजिमोरीका मतियारहरु ठुलो संख्यामा भोज खाइरहेको भवन कब्जा गरि टुपाक अमारुले करिब चारसय जना विदेशीलाई पुरै चार महिना बन्दी बनायो । भिक्टर पोलेसहित आफ्ना नेताहरुको सकुशल रिहाइको माग गर्दै जापानी राजदुतसहितका विदेशीलाई कब्जामा लिने त्यस कार्वाहीको कमाण्डर नेस्टर सेर्पा थिए । अन्तमा, अमेरिका र जापानलगायत अनेक साम्राज्यवादी षडयन्त्रबाट फुजिमोरी सेनाले सुरुङ खनी उक्त भवन प्रतिकब्जामा लिए र कमाण्डर नेस्टर सेर्पा र उनकी जीवन संगिनी नान्सीसहित १६ जना टुपाक अमारु छापामारको निर्मम हत्या गरे ।

सन् १९७६ मा माओत्सेतुङकाे निधन लगत्तै सन् १९८१ देखि पेरुमा सशस्त्र जनयुद्व लडेका अबिमाइल गुजमान रेनोसे “गोन्जालो” माओपछि विश्व कम्युनिस्ट आन्दोलनका एक प्रभावशाली नेता हुन् । सन् १९८४ मा विश्वका क्रान्तिकारीहरुको भेला आयोजना गरि माओका सार्वभौम योगदानहरुलाई “मार्क्सवाद”लेनिनवाद-माओवाद” को तहमा संश्लेषण गर्न र पेरुभियाली समाजबाट माओवादको व्यवहारिक अभ्यास प्रारम्भ गर्न कमरेड गोन्जालो सम्पूर्ण शक्तिका साथ केन्द्रीत रहे । अत: वैज्ञानिक समाजवाद स्थापनार्थ साम्राज्यवाद तथा विस्तारवाद विरुद्व देशभक्त जनक्रान्तिका लागि कमरेड गोन्जालोको राजनीतिक जीवन संघर्षले नेपाली क्रान्तिकारीहरुलाई निश्चय नै सदा उत्प्रेरित गर्नेछ ।

नेपाली जनयुद्वको राजनीतिक रुपान्तरण र विकसित कार्यभार

पछिल्लो समय विचारधारामा माओवादको अडानका आधारमा पार्टी पुनर्गठन गर्नु परेको घटना बाहेक कमरेड प्रचण्डसँग हामीहरुको खास मतभेद थिएन । अन्तर्राष्टिय तथा राष्ट्रिय शक्ति सन्तुलनको ठोस विश्लेषण गर्दै बहुदलीय गणतन्त्रको चुनवाङ कार्यनीति र शक्ति सन्तुलनकै आधारमा दोस्रो संविधानसभाबाट गणतन्त्र नामको संविधान जारी गर्ने संदर्भमा हामीले प्रचण्डलाई सम्पूर्ण शक्तिले साथ दिएका हौं । किनकि, अमेरिकी साम्राज्यवाद र यहाँस्थित त्यसका दलालहरुको कम घनिभूत युद्व रणनीतिको चपेटामा नेपाली जनयुद्व पर्दै थियो । जसको परिणाम पेरुको नियती बाहेक अरु हुनै सक्दैनथ्यो भन्ने तथ्यमा हामीहरु सतप्रतिशत सहमत रह्यौं । तर, पार्टीमा निहित वामपन्थी विसर्जनवादी प्रबृत्तिले पेरुको स्थितिलाई नजरअन्दाज गर्दा बिना संविधान पहिलो संविधानसभा विघटन हुनपुग्यो र औचित्यहीन पार्टी विभाजन गरियो ।

गणतन्त्र नामको संविधान जारी हुँदा नहुँदै दक्षिणपन्थी विसर्जनवादी प्रबृत्तिले मार्क्सवाद तथा माओवादी पार्टी परित्याग गर्ने र प्रचण्डहरु पनि माओवादलाई लात हान्दै एमालेतर्फ हाम फाल्ने घटना नै नेपालमा माओवादी कम्युनिस्ट आन्दोलन विसर्जनको मुख्य जिम्मेवार हो । परन्तु, त्यसअघि औचित्यहीन पार्टी विभाजन गर्ने वाम विसर्जनवादले माओवादी पार्टीको धर्नासाेमा बन्चरो हानेको हो । अत: वाम विसर्जनबाट सुरु भएको माओवादी पार्टी विघटन दक्षिणपन्थी विसर्जनमा टुङ्गिएको खेदजनक परिदृश्य हेर्न क्रान्तिकारीहरु अभिशप्त बन्नुपर्यो ।

यध्यपि, राजनीतिक प्रकारान्तरले अदालतले प्रचण्डहरुलाई नेकपा (माओवादी केन्द्र) जिम्मा दिएको छ र साउन ०७८ मा सम्पन्न त्यसको बैठकले वैज्ञानिक समाजवाद र नयाँ विचार एवं क्रान्तिकारी पार्टी निर्माण गर्ने भनेको छ । सर्वहारा सांस्कृतिक रुपान्तरणको प्रतिबद्वता र नेपालमा समाजवादको स्पष्ट अर्थात वस्तुसंगत कार्यक्रम निर्धारण गरि अघि बढ्न दृढ अग्रसर देखिन्छन् भने विशेष नयाँ परिस्थितिमा प्रचण्ड माओवादीबाट ऐतिहासिक कार्यभार उठानको अपेक्षा बढाउन सकिन्छ ।

(याे सामग्री किरातीकाे फेसबुकवालबाट लिइएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्