कान खोलेर हर्क साम्पाङका भनाइहरू सुनौं, आँखा फारेर उनले गरेका र गरिरहेका कामहरू हेरौं, र छातीमा हात राखेर इमान्दारपूर्वक बोलौं कि ५, १० वर्षमैं देश बनाउने हो भने हर्क साम्पाङ मोडल भन्दा अरु कुनै मोडल हामीसँग बाँकी छैन अब ।

३ करोड नेपालीले १ महिना मात्र श्रम गर्ने हो भने सम्झिनुस् त काम कति गरिँदो हो ? ५ वर्षमैं देशको कायापलट गर्न सकिन्छ । मुहार फेर्न सकिन्छ । ३ करोड नेपालीलाई सँगसँगै काम गराउने साम्पाङको सपना छ । कार्ययोजना छ ।

राजामहाराजा हुँदै विपीको समाजवाददेखि प्रचण्डपथसम्म हामीले देख्यौं–भोग्यौं । अब तिनीहरू पुराना भइसके । डेट एक्स्पायर औषधी जस्ता ।

डेट एक्स्पायर औषधीको सेवनले के हुन्छ ? भनिरहनु परेन । अब त्यता फर्किनु, अल्झिनु समय र जिन्दगीको बर्बादी मात्रै हो ।

समयको पदचापलाई पछ्याउन सक्नुपर्छ मान्छेले । वास्तविकतासँग भाग्न सकिन्न । खरबौंको ऋणले थलिएर नेपाल आमा मरनासन्न अवस्थामा छिन् । हामी प्रत्येक नेपालीको टाउकोमा लाखौंको ऋण छ ।

अब प्रश्न उठ्छ, नेपाल जस्तो प्राकृतिक रूपमा सम्पन्न देशलाई यत्रो ऋण कसरी लाग्यो ? जवाफ सोझो छ, शासकको गलत नीति र भ्रष्ट शैलीले ।

त्यसो हुँदा तिनीहरू फेल भइसके । के आश गर्ने अब हामीले फेलरसँग ? जस्ले अझै ऋण थप्न मात्र बल गरिरहेका छन् । ए मूर्ख शासक ….?

नेपाल आमा र नेपाली जनतालाई ऋणबाट मुक्त गर्न ऋण अझै थप्दै जाने कि तिर्दै जाने हो ? ऋण तिर्ने कुनै योजना छैन भ्रष्ट शासकसँग । कुम्ल्याउने योजना मात्र छ ।

ऋण तिर्ने योजना हर्क साम्पाङसँग छ । देशको विकास गर्ने योजना हर्क साम्पाङसँग छ ।

हाम्रो जिवनस्तर उकास्ने योजना हर्क साम्पाङसँग छ । जसलाई तपाईं हर्कपथ भन्नसक्नुहुन्छ । अझै अगाडि बढेर हर्कवाद भन्न सक्नुहुन्छ ।

हर्कपथको बाटैबाटो आउनुस्, समृद्धीको सगरमाथा तपाईं हामी सँगसँगै चढौं ।

(खुक्सङ खम्बु राईकाे फेसबुकबाट)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here