नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएकाे छ ।

उक्त भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ ।

जसमा ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी छन् ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरिसकेका छन् ।