नेकपा एमालेकाे भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मगंलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासमा वेदप्रसाद खेरलको नेतृत्वकाे एक समूहलाई पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि संघर्ष गरेको पार्टीमा सम्पूर्ण वामपन्थी शक्तिहरु एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी सदस्य देवेन्द पौडेल, पोलिट्ब्युरो सदस्यहरु दीलिपकुमार प्रजापति, देवेन्द्र श्रेष्ठ र रामप्रसाद सापकोटालगायतको उपस्थिति थियाे । गाेरखापत्र अनलाइन
