श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् ।
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले हिजाे आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहुन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हुन् ।
उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताए ।
उनले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको समेत बताए ।
जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनकाे भनाइ छ ।
पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गरे ।
अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उनले आफूले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको जनाकारी गराए ।

