माओवादी समाजवादीको माग : स्थानीय सरकारमा महिला–पुरुष दुवै प्रमुख हुनुपर्छ

नेकपा माओवादी समाजवादीले गुम्दै गएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धि रक्षाका लागि स्थानीय तहमा महिला र पुरुषको समान अधिकार सहितको अध्यक्ष (प्रमुख) दुई कार्यकारी पदको सिर्जना गर्नुपर्ने नयाँ अवधारणा अगाडि सारेको छ ।

हिजो राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरुको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त वर्तमान उपलब्धिहरुमा सयर गर्ने सत्तासिनहरुले उनीहरुको अधिकार कटौती गरेको आरोप लगाए ।

पार्टी निकट अनेम संघ (क्रान्तिकारी) द्वारा आयोजित कार्यक्रममा वक्ताहरुले महिलाहरुलाई कार्यकारी जिम्मा दिदा चुस्तदुरुस्त, पारदर्शी र इमान्दारितापूर्ण तबरले कार्य सम्पादन हुने भएकाले समान अधिकारको पद सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img