वर्षमान पुनले जसपाबारे भ्रम फैलाए : धनबहादुर तामाङ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनता समाजवादी पार्टी नेपालको नाम जोडेर समाजवादी केन्द्र बनाउन लागेको भन्दै गलत प्रचारबाजी गरेकोप्रति जसपा नेपालका संघीय परिषद सदस्य धनबहादुर तामाङले आपत्ती जनाएका छन् ।

नेता तामाङले जसपाबाट कारबाहीमा परिसकेका डा. बाबुराम भट्टराईलाई पुनले जसपाकै नेताको रुपमा प्रचारबाजी गरेको आरोप लगाएका हुन् ।

पुनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बामदेव गौतम र डा. बाबुराम भट्टराईबीच समाजवादी केन्द्र बनाएर जाने सहमति भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

जसमा उनले डा. भट्टराईलाई जसपाकै नेताको रुपमा प्रस्तुत गरेका थिए ।

जसपाबारे गलत प्रचार गरेकोमा तामाङले खेद प्रकट गर्दै गठबन्धनको नाममा भागबन्डा र बार्गेनिङ नगर्न चेतावनी दिए ।

दाहाल, नेपाल, गौतम र भट्टराईबीचको समाजवादी केन्द्र नश्लीयतामा आधारित रहेको तामाङको भनाइ छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img