जनता समाजवादी पार्टी, नेपाल निकट शेर्पालुङ राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दावा शेर्पा चयन भएका छन् ।
काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आज आयोजित शेर्पालुङ राष्ट्रिय भेलाले दावा शेर्पाको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति निर्माण गरेको हो ।
भेलाको उद्घाटन जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा निवर्तमानमन्त्री रामसहाय प्रसाद यादव, केन्द्रीय सदस्यहरु, पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
जसमा ओखलढुुंगास्थित खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा समेत उपस्थित थिए ।

सो अवसरमा विभिन्न दल परित्याग गरी सयौंको संख्यामा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।
