समाजवादी महिला संघ पुनर्गठन, अध्यक्षमा निर्मला यादव नै

जनता समाजवादी पार्टी नेपालनिकट ‘समाजवादी महिला संघ नेपाल’को पुनर्गठन गरिएको छ ।

काठमाडौंको रोयल जडीबुटी व्याङ्क्वेटमा यही साउन १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय भेलाले निर्मला यादवको अध्यक्षतामा संघको पुनर्गठन गरेको हो ।

यादव यसअघि पनि अध्यक्ष थिइन् ।

संघको उपाध्यक्षमा शशी लिङ्देन, किरणकुमारी साह, चन्द्रकुमारी कार्की, महासचिवमा भगवती सुवेदी, उपमहासचिवमा आशा राई, सचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा दिना लामा छन् । केन्द्रीय समिति ८७ सदस्यीय छ ।

संघका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघकी इन्चार्ज शुशीला श्रेष्ठ सपथ ग्रहण गराएकी थिइन् ।

भेलाको उद्घाटन साउन १५ पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । अध्यक्ष यादवले पार्टीका महिला नेतृहरुलाई सक्रिएर भएर अघि बढ्न उत्प्रेरित गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

भेलाकाे दाेस्राे दिन साउन १६ गते संघकाे पुनर्गठन गरिएपछि पदाधिकारी तथा सदस्यहरुलाई संघीय परिषद्का अध्यक्ष अशोक राईले प्रशिक्षणत्मक शुभकामना दिएका थिए ।

कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि प्रशिक्षात्मक शुभकामना दिएका थिए ।

जसमा मधेस प्रदेशकी अर्थ राज्यमन्त्री उषा यादव, पार्टीकी केन्द्रीय सदस्य विनिता यादव लगायतले पनि आफ्नाे भनाइसहित शुभकामना दिएकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. समाजबादी महिला सँघ सँगठनका सम्पूर्ण पदाधिकारी ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्