धरानमा गलत तत्वले जातीय सद्भाव भड्काउन खोज्दैछ, त्यसलाई निस्तेज पाराैं : अध्यक्ष लिम्बू

जनता समाजवादी पार्टी नेपाल (जसपा) धरान उपमहानगर समितिका अध्यक्ष ताजुब लिम्बूले हाल धरानमा गलत तत्वहरुले जातीय सद्भाव भड्काउने प्रयास गरिरहेको भन्दै त्यसलाई निस्तेज पारी सहअस्तित्वमा आधारित सबल समाज निर्माणमा लाग्न सबैलाई आव्हान गरेका छन् ।

उनले पहिचानको लडाइँ जातीय लडाइँ नभएको प्रष्ट पार्दै पहिचानको लडाइँमा विष घोलेर एक–अर्कालाई भिडाउने र त्यसबाट आफूले फाइदा लिन खोज्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

‘धरानमा जातीय सद्भाव भड्काउने खालको विकृति सामाजिक सञ्जालमा र चिया गफहरुमा तीव्ररुपमा देखिदैछ । यस कुराले निकै गम्भीर बनाएको छ,’ अध्यक्ष लिम्बूले आज फेसबुकबाट आग्रह गरेका छन्, ‘सबै संयम होऔं र यस्ता गलत तत्वहरुको पहिचान गरी निस्तेज पार्दै सहअस्तित्वमा आधारित सबल समाज निर्माणको नेतृत्व गरौ भन्ने कुरा आव्हान गर्दछु ।’

हाल प्रदेश १ को नाम राख्दा पहिचानलाई सम्बोधन गर्नुपर्ने एकथरि र पहिचानलाई जातीयतासँग जोडेर त्यस्तो नाम राख्नै नहुने अर्काथरि बीच विवाद जारी रहेको बेला नेता लिम्बूले पहिचानको लडाइँ र जातीय लडाइँ फरक रहेको उल्लेख गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img