बौद्धिक पेसाकर्मी महासंघ तथा घटक संगठनहरुको पुनर्गठनका लागि कार्यदल निर्माण

जनता समाजवादी पार्टी (जसपा) ले बौद्धिक पेसाकर्मी महासंघ र सो अन्तर्गतका घटक संगठनहरुको पुनर्गठन गर्नका लागि अधिवक्ता वीरेन्द्र ठाकुरको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

जसमा प्राध्यापक मञ्जारुल अन्सारी र डा दिलिप यादव सदस्य छन् ।

कार्यदलले यही साउन महिनाभित्रै महासंघ र सो अन्तर्गतका घटकहरुको पुनर्गठन गर्नुपर्ने जिम्मेवारी पाएको छ ।

महासंघ अन्तर्गत चिकित्सक, प्राध्यापक, पत्रकार, कानुन व्यवसायी, शिक्षक, निजामती कर्मचारी लगायत १० वटा घटक संगठनहरु रहेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img