राजनीति गर्न सजिलो छैन : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिकाे यात्रा सजिलाे नभएकाे बताएका छन् ।

शुक्रबार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले याे कुरा बताएका हुन् ।

उनले भने, ‘राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चुनौतीको सामान गर्नुपर्छ । तर, सबैभन्दा ठूलो कुरा भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ ।’

उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।

उनले पुराना योद्धाहरुबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने पनि बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img