धरानमा सत्तारुढ दलका स्थानीय नेतासँग अशोक राईको छलफल (भिडियाेसहित)

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन घोषणा भएपछि हालै सत्तारुढ दलका धरानबासी नेताहरुले जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईसँग भेटघाट गरी छलफल गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका स्थानीय नेताहरुले सुनसरी–१ बाट निर्वाचन लड्ने तयारी गरेका अध्यक्ष राईलाई भेटेर कुराकानी गरेका हुन् ।

कांग्रेसका नेता तथा दलीय संयन्त्रका संयोजक किशोर राई, कांग्रेस क्षेत्र नं १ का सभापति सुरेन्द्र गोले, क्षेत्र १ ‘क’का सभापति अनिल श्रेष्ठ, कांग्रेस धरान उपमहानगरका सभापति श्याम पोखरेल, नेकपा माओवादी प्रदेश १ का सदस्य तथा धरान उपमहानगरका इन्चार्ज चोत्लुङ, नेकपा माओवादी प्रदेश १ का सदस्य अशोक राई, नेकपा एकीकृत समाजवादी धरान उपमहानगरका अध्यक्ष रेवतीरमण राई, जसपा धरान उपमहानगरका अध्यक्ष ताजुब लिम्बूलगायत नेताहरुले धरान–१७ रेल्वेस्थित अध्यक्ष राईको निवासमै भेटेका हुन् ।

सो क्रममा उनीहरुले समसामयिक राजनीतिक विषयका साथै धरानको समग्र विकासको बारेमा कुराकानी गरेका थिए ।

उनीहरुले धरानको विकासका लागि संघीय सरकारसँग बजेट मिलाउन डेलिगेशन जाने र सोका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

अध्यक्ष राईले विकासको योजनाबारे लिखित माग तयार पार्न आग्रह गर्दै सोका लागि पुरै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो क्रममा उनले धरानमा एक हजार मानिस अट्ने सभाहल निर्माणका लागि आफूले पहल गरेको स्मरण पनि गरे ।

उनले धरानको दन्तकाली, बुढासुब्बा, विष्णुपादुकादेखि चतरा, बराहक्षेत्र र रामधुनीसम्मलाई जोड्ने गरी धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नुपर्ने बताए ।

उनले चालू आर्थिक वर्षमै बजेट पाउने गरी संघीय सरकारसँग डेलिगेशन जाने हो भने ढिला नगर्न आग्रह गरे ।

बाँकी भिडियोमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्