जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीकाे घाेषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले भने, ‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो ।’

खेतका आलीमा फल्ने बोझोलाई बेच्ने हो भने पनि एउटा जुम्लीले लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने भन्दै उनले जुम्ला स्रोत नभएर गरिब नभएको जिकिर गरे ।

जुम्लामा फलेका खाद्यान्न र फलफूलले बजार नपाएका कारण जीवनस्तर माथि उठाउन नसकिएको उनको भनाइ छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img