बाँकी जीवन धरानकै घाम तापेर बिताउने छु : अध्यक्ष राई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले बाँकी जीवन धरानकै घाम तापेर बिताउने बताएका छन् ।

उनले धरानको रेल्वेमा जग्गा समेत जोडिसकेको बताए ।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला समन्वय समितिको बैठकमा उनले भने, ’धरानको भौगोलिक वातावरण मलाई मन पर्यो । मैले धरानमै जग्गा जोडिसकेँ, बाँकी जीवन धरानकै घाम तापेर बिताउने छु ।’

६५ वर्षीय राईले आगामी मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनले निर्णय गरे सुनसरी–बाटै उम्मेदवार बन्ने बताइसकेका छन् ।

अध्यक्ष राई २०७४ सालको निर्वाचनमा पनि सुनसरी–१ बाट उठेका थिए । त्यो बेला २२ हजार १२३ मत ल्याएर उनी दोस्रो भएका थिए ।

बैठकमा उनले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले जनताको काम गर्न सकेनन् भनेर अहिल्यै आलोचना गर्ने बेला नभएको पनि बताए ।

उनले सरकार अब कामचलाउ भइसकेको भन्दै यो सरकारबाट पनि गर्न सक्ने काम गरिने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्