समाजवादी विद्यार्थी युनियन पुनर्गठन गरिएको छ ।

गत साउन २९ र ३० गते कीर्तिपुरस्थित त्रिविको सेरा हलमा आयोजना गरिएको राष्ट्रिय भेलाले रमेश यादवको अध्यक्षतामा ११९ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

जससमा १७ पदाधिकारी छन् ।

भेलाको उद्घाटन जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

जसमा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा जनवर्गीय संगठनकी इन्चार्ज शुशीला श्रेष्ठ, प्रा.डा. महेन्द्र लावती, जसपाका राजनीतिक समिति सदस्य भीम राई, निर्मला तावा, विवेक राई लगायत अतिथि थिए ।

भेलाको दोस्रो दिन बन्दसत्रको प्रमुख अतिथिमा जसपा संघीय परिषद् अध्यक्ष अशोक राई थिए भने केन्द्रीय कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादव, जनवर्गीय संगठन इन्चार्ज शुशीला श्रेष्ठ, विद्यार्थी युनियनका इन्चार्ज अशोक यादवलगायत अतिथि थिए ।

समाजवादी विद्यार्थी युनियनका पदाधिकारीः

अध्यक्षः रमेश यादव
उपाध्यक्षः सुवास लाबुङ
उपाध्यक्षः सञ्जय राई
उपाध्यक्षः विशाल आङ्देम्बे
उपाध्यक्षः दीपेश यादव
उपाध्यक्षः भोगेन्द्र यादव
उपाध्यक्षः वरुण यादव
महासचिवः प्रकाश चाम्लिङ
उपमहासचिवः नेम्बर राई
उपमहासचिवः दिनेश दङ्गाल
उपमहासचिवः बलबहादुर रम्तेल
उपमहासचिवः रजरी श्रेष्ठ
सचिवः सुवास राई
सचिवः अमोद यादव
सचिवः मनिष यादव
कोषाध्यक्षः ओमनारायण महतो